News Desk
काठमाडौं । नेपाल र भारतको संगीत सहकार्यमा नयाँ माइलस्टोनको रूपमा र्यापर बिनोद ढकाल र स्वाती भाटको आवाजमा नयाँ गीत “बेली चमेली” सार्वजनिक भएको छ। भारतमा स्थापित मशकबिन स्टुडियोको ब्यानरमा तयार गरिएको यो गीत नेपालमा सञ्चालन भइरहेको मशकबिन नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। बिनोद ढकालले यस गीतमा र्याप गरेका छन भने संगीत संयोजन निशाद चन्द्राले गरेका छन। गीतमा स्वाती भाटको मुख्य स्वर सुन्न सकिन्छ । बलिउडका ख्यातिप्राप्त मिक्सिङ इन्जिनियर मनीभनन आनन्दन (मुम्बई) ले मिक्स–मास्टरिङ गरेका छन। गीतको शब्द र संगीत संगीतकार राजेन्द्र बजगाईले दिएका हुन्, जसले यसअघि चर्चित गीत ‘पुतली’ मार्फत विशेष पहिचान बनाइसकेका थिए।
गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी कवीराज गहतराजले गरेका छन भने सह–कोरियोग्राफर दावा बल तामाङ छन। भिडियोमा नेपाली स्टार पल शाह र भारतीय मोडेल तथा नायिका श्वेता मेहराको रोमान्टिक केमेस्ट्री प्रस्तुत गरिएको छ। उनीहरूलाई राज टाइगर, बिन्दु रसाइली, रेन्सिका खत्री र सुरक्षा तामाङले अभिनयमा साथ दिएका छन। भिडियोको सम्पादन बन्दे प्रसादले गरेका छन भने कलर रेनिस फागो, छायांकन सुदिप बराल एन्ड टिम र प्रोडक्सन अर्जुन पोखरेलको रहेको छ।
र्यापर, गायक र संगीतकारको रूपमा सक्रिय बिनोद ढकाल नेपाली संगीत क्षेत्रमा बहुमुखी प्रतिभाका रूपमा परिचित छन। उनले ‘कालापानी’ जस्ता राष्ट्रिय भावनामा आधारित गीतमार्फत विशेष ध्यान आकर्षित गरेका थिए। उनले प्रस्तुत गरेको ‘उकालीमा पनि हजुर’ नामक गीतले पनि उनको र्याप–शैलीलाई संगीतप्रेमीहरुले खुब रुचाएका थिए । ढकाल विगत दुई दशक देखि निरत्न्तर गित संङित क्षेत्रमा सक्रिय रहदै आएका छन ।