छैटौं जिनियस म्युजिक अवार्ड–२०८१ भव्य रूपमा सम्पन्न, कलाकार बिनोद ढकाल ‘जिनियस सम्मान २०८२’ बाट सम्मानित
News Desk
Nov-13 , 2025 तारिख 12:28 बेलुका

काठमाडौं, कार्तिक २७ | नेपाली संगीत, कला र संस्कृतिको प्रवर्द्धनमा सक्रिय जिनियस डिजिटल म्युजिक प्रा।लि। द्वारा आयोजित ‘छैटौं जिनियस म्युजिक अवार्ड–२०८१ एण्ड जिनियस अचिभमेन्ट अवार्ड–२०२५’ तथा ‘जिनियस लोक नृत्य प्रतियोगिता–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा लोकप्रिय र्यापर, गायक तथा संगीतकार बिनोद ढकाल ‘जिनियस सम्मान–२०८२’ बाट सम्मानित भए। अग्रज गायिका मीरा राणा  ले ढकाललाई सम्मानपत्र प्रदान गर्नुभएको थियो।

ढकाल नेपाली संगीत क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका बहुमुखी कलाकार हुन। उनले ‘कालापानी’ जस्ता राष्ट्रिय भावनामा आधारित गीत र ‘उकालीमा पनि हजुर’ जस्ता र्‍याप–शैलीका गीतमार्फत नेपाली संगीतमा छुट्टै पहिचान बनाएका छन।

उक्त समारोहमा अग्रज गायिका मीरा राणा लाई दिर्घ साधना सम्मान प्रदान गरिएको थियो। त्यसैगरी पत्रकारिता क्षेत्रका पाँच प्रतिनिधि — रामजी बगाले, तुलसी गिरी ‘भावुक’, चन्द्रमणी गौतम, सुरेन कुँवर र अक्कल कुँवर — लाई पनि विशेष पत्रकार सम्मान प्रदान गरिएको थियो।

जिनियस अचिभमेन्ट अवार्ड–२०२५

समाजसेवी तथा अभियन्ता राममणी न्यौपाने, युवा व्यवसायी लोकनाथ भट्ट र वरिष्ठ गीतकार डा। कृष्णहरी बराल लाई विशेष सम्मान दीयो। सोही अवार्डअन्तर्गत देवेन्द्र शाही, बसन्त घिमिरे, प्रदिप अर्याल, रोशन कुमार श्रेष्ठ, रुद्रबहादुर नेपाल, जुनु घिमिरे, प्रकाश कुमार श्रेष्ठ, जयराम तिमिल्सिना, र दिपा श्रेष्ठ लगायतका व्यक्तिहरू सम्मानित भए।

स्रष्टा र विशेष सम्मानहरू

स्रष्टा सम्मान तथा विशेष सम्मानको क्रममा सोनाम पाख्रिन, शोभा त्रिपाठी, प्रोसेस पाण्डे, अश्विनी कान्त झा, दिपीका बलामी, सन्दिप भुजेल, टेकराज पाण्डे, अप्सना नेवा हायु, जितेन तामाङ, ईश्वर गुरुङ, जितेन्द्र महर्जन, सुरज पौडेल, र बिजेता परियार लाई सम्मान गरिएको थियो।

संगीत, नृत्य र पुरस्कार वितरण

कार्यक्रममा सारिका घिमिरे, चेतन राई, र बिनोद ढकाल लगायतका कलाकारहरूले आकर्षक गायन प्रस्तुति दिएका थिए। साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रस्तुत गरेका सामूहिक लोक नृत्यहरूले दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।

जिनियस म्युजिक अवार्ड–२०८१ का निर्णायक मण्डलमा वरिष्ठ संगीतकार राजु सिंह, भानुभक्त ढकाल, पुरु लम्साल, गैरे सुरेश, दिपक शर्मा, रमेश पाठक, माधव खरेल, केशब कोईराला, मञ्जु लावती, बिनोद पछाई र गोबिन्द भट्ट रहेका थिए।
त्यस्तै, जिनियस लोक नृत्य प्रतियोगिता–२०८२ का निर्णायकमा कमल राई, जोगेन्द्र केसी, र आर।सी। कोईराला रहेका थिए।

विजेताहरू र विशेष प्रदर्शन

अवार्डका विभिन्न विधामा उत्कृष्ट कलाकारहरूलाई सम्मान गरिएको थियो।
त्यसमध्ये —
सर्वोत्कृष्ट राष्ट्रिय गीत ः खेमनाथ दाहाल
सर्वोत्कृष्ट चलचित्र गीत ः “यो मन त मेरो नेपाली हो”
सर्वोत्कृष्ट गीतकार (चलचित्र) ः श्रवण मुकारुङ
सर्वोत्कृष्ट संगीतकार (चलचित्र) ः अर्जुन पोखरेल
सर्वोत्कृष्ट गायिका (चलचित्र) ः इन्द्रकला राई
सर्वोत्कृष्ट गायिका (लोक) ः सरिता भारती
सर्वोत्कृष्ट गायक (लोक–दोहोरी) ः अर्जुन सापकोटा
सर्वोत्कृष्ट गायिका (लोक–दोहोरी) ः पूर्णकला बी।सी।
सर्वोत्कृष्ट गायक (पप) ः सी।डी। विजय अधिकारी
सर्वोत्कृष्ट गायिका (पप) ः ममता गुरुङ
पब्लिक च्वाइस अवार्ड ः दुर्गेश थापा (“दुश्मन हेरेको हेरै”)
पब्लिक च्वाइस (जुरी) ः सारिका घिमिरे (“गुन भुल्यौ”)
लगायतका श्रेणीहरूमा कलाकारहरू पुरस्कृत भए।

लोक नृत्य प्रतियोगिता–२०८२ परिणाम

प्रतियोगितामा रिलायन्स इन्टरनेशनल एकेडेमी पहिलो, तिरुपति इङ्लिस स्कूल दोस्रो, मानसिधार्थ इङ्लिस स्कूल तेस्रो, र टाइमलाइन स्कूल चौथो स्थानमा रहे।

सांस्कृतिक उत्सवको रूपमा कार्यक्रम

विविध गायन, नृत्य र सम्मानको समिश्रणले कार्यक्रमलाई सांगीतिक उत्सवको रूपमा परिणत गर्‍यो। उपस्थित कलाकार, विद्यार्थी, अभिभावक र दर्शकहरूले यस कार्यक्रमलाई नेपाली कला र संगीतको उत्कृष्ट मञ्चका रूपमा प्रशंसा गरे।

आयोजक जिनियस डिजिटल म्युजिक प्रा।लि। ले नेपाली मौलिक संगीत, कला र संस्कृतिको प्रवर्द्धनका लागि निरन्तर कार्यक्रमहरू आयोजना गर्दै आएको जनाएको छ। संस्थाका अनुसार आगामी वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा नेपाली कलाकार र सिर्जनालाई विश्व मञ्चमा प्रस्तुत गर्ने योजना रहेको छ।

कार्यक्रमको सञ्चालन चर्चित सञ्चालक गोपाल ढकाल ‘छन्दे’ ले गर्नुभएको थियो।

 

 

धेरै पढिएको