म झुक्न दिन्न मेरो देशको झण्डा बोलको स्वदेशगान रेकर्डिङ सम्पन्न
News Desk
Dec-04 , 2025 तारिख 07:29 बिहान

काठमाडौं । देशमा अन्यौलता , अस्थिरता , बेरोजगारी जस्ता समस्याले गर्दा देशै नरहने अवस्थामा,पुग्ने हो कि भन्ने हल्लाले आम नेपालीहरुमा त्रास भ ई रहेको अवस्थालाई सन्तुलनमा राख्ने उदेश्यले एउटा नयाँ स्वदेशगान रेकर्ड  भएको छ । 
सामाजिक अभियन्ता तथा मिडियाकर्मी डि.बि.पराजुलीको शब्द लाई चर्चित गायक रुपक डोटेलको स्वरमा यो गीत रेकर्ड सम्पन्न गरिएको हो ।

सामाखुसी रेडन स्थित एरिका डिजिटल स्टुडियो मा रेकर्ड भएको यो गीतमा संगीत  सर्जक,मोडल तथा एक्टिभ ईन्टरटेनमेन्ट का सन्चालक बिजेन्द्र नौबागेले गर्नु भएको हो भने यसको एरेन्ज बहु प्रतिभाको धनी सुनिल परियार ले गर्नु भएको हो । 

देशभक्ति पुर्ण भावना जोडिएका सब्द रहेको यो गीतको रेकर्ड सिन्धुपाल्चोकके ठिटो मदन परियार ( सुफिक्स) ले गर्नु भएको हो । यो गीतको सब्दहरुले आम नेपाली हरुको मन छुने कुरामा आफू बिस्वस्त्त रहेको गीतका रचनकार डि.बि. पराजुलीले बताउनु भयो ।

त्यस्तै गीतको संगीत र एरेन्ज पनि उत्कृष्ट भएको गीतका संगीतकार बिजेन्द्र नौबागेको दाबी छ ।

यश भन्दा अगाडीका स्वदेश गान हरु गाउँँदा भन्दा यो स्वदेश गान गाउँदा देशभक्ति  प्रति नयाँ उर्जा आएको भन्दै गीतका शब्द ,संगीत र स्वरको संयोजन मिलेको गायक रुपक डोटेल ले प्रतिक्रिया दिनु भएको छ ।

गीत एक्टिभ ईन्टरटेनमेन्ट प्रा.लि.ले बजारमा ल्याउन लागेको हो ।

यो गीत मंसिर महिना को अन्तिम सम्म वा पुष महिनाको पहिलो हप्ता सार्वजनिक गर्ने तयारी रहेको छ ।

धेरै पढिएको