डा. शाक्यको नयाँ म्युजिक भिडियो ‘मेरो गीतभित्र’ सार्वजनिक
News Desk
Dec-29 , 2025 तारिख 07:10 बिहान

राष्ट्रियसभा सदस्य तथा स्रष्टा डा. अञ्जान शाक्यको नयाँ म्युजिक भिडियो ‘मेरो गीतभित्र’ सार्वजनिक भएको छ। करिब २२ वर्षपछि उहाँले नयाँ गीतलाई म्युजिक भिडियोसहित बजारमा ल्याउनुभएको हो।

‘शिरीष’, ‘रोज’, ‘बहार’, ‘श्रद्धापुष्प’, ‘अन्जानपथ’ लगायतका एकल एल्बम तथा दर्जनभन्दा बढी कलेक्सन एल्बममा स्वर दीसक्नुभएकी डा। शाक्यले यस गीतमा पनि आफ्नै आवाज प्रयोग गर्नुभएको छ। गीतका शब्द इञ्जिनियर सञ्जय शाक्यले लेख्नुभएको हो भने सङ्गीत डा. शाक्य र सञ्जय शाक्यकै रहेको छ। संगीत संयोजन हरिशरण सायमीले गर्नुभएको छ।

भिडियोमा कलाकार सरोज खनाल र पूर्व मिस नेपाल उषा खड्गीको अभिनय देख्न सकिन्छ। देवकुमार श्रेष्ठले निर्देशन गरेको यो भिडियो शनिबार युट्युबमा सार्वजनिक भएको हो, जसलाई हालसम्म करिब आठ हजार दर्शकले हेरिसकेका छन।

धेरै पढिएको