सरिता इभेन्ट्सको आयोजनामा पुस २५ गते ‘ सरिता इभेन्ट्स सांगीतिक साँझ ’ हुँदै
News Desk
Dec-29 , 2025 तारिख 05:30 बेलुका

निराज रानाभाट, चितवन । सरिता इभेन्ट्सले ‘ शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान ’ भन्ने नारासहित ‘ सरिता इभेन्ट्स सांगीतिक साँझ ’ आयोजना गर्ने भएको छ । चितवनको भरतपुर महानगरपालिका -३, नारायणगढस्थित पर्व बैङक्युटमा पुस २५ गते, शुक्रबार साँझ ५:०० बजेदेखि सो कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा स्थानीय प्रतिभाहरूको साँस्कृतिक कार्यक्रम, डान्स प्लानेट, दर्शना गान्धारी एण्ड शब्द व्यान्डको प्रस्तुति र अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

सरिता ईभेन्ट्सकी अध्यक्ष सरिता आचार्यले दिएको जानकारी अनुसार कार्यक्रममा गायक रमेश श्रेष्ठ (मेलोडी), गायिका शान्ति रानी परियार, गायक श्याम राना मगर र अनिल सुनारको प्रस्तुति रहने छ । उक्त कार्यक्रमको सहयोगी संस्थाहरुमा सोफा हव चितवन, आरती ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, ब्यूटी लुक्स पार्लर, जस्मिन ब्यूटी सैलुन, ब्यूटी कस्मेटिक सप, रोशन होमियोप्याथिक फामेर्सी, अर्भिक ईन्टरप्राइजेज्, होटल ह्याप्पी होम, सगरमाथा सर्टिङ्ग सुटिङ्ग एण्ड टेलरिङ्ग र हाम्रो बेकरी रहेका छन् । साथै, उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनअपडेट डटकमलगायतका मिडिया रहने छन्, भने टिकट पार्टनरमा होटल जमघट रहेको छ र डान्स पार्टनरमा डान्स प्लानेट रहेको छ ।

धेरै पढिएको