News Desk
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोन नेपाल आएकी छिन्। काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी नेपाल आएकी हुन्।
बलिउड फिल्म र विभिन्न अन्तर्राष्ट्रिय कार्यक्रममार्फत विश्वव्यापी रूपमा चर्चित सन्नी लियोनको उपस्थितिले ठमेलको पर्यटन तथा मनोरञ्जन व्यवसायमा थप चहलपहल बढ्ने अपेक्षा गरिएको छ। यसअघि पनि नेपाल आइसकेकी लियोनको यो आगमनले सामाजिक सञ्जाल र मनोरञ्जन क्षेत्रका प्रशंसकहरूमा विशेष उत्साह सिर्जना गरेको छ।