News Desk
निराज रानाभाट, कास्की । तनहुँको ऋषिङ गाउँपालिका -४, भिरकोटका जन्म भई हाल कास्कीको पोखरामा बसोबास गर्दै आएका नेपाल रानाभाट ‘ सुबोध ’ को लोक दोहोरी गीत ‘ तिम्रो माया फूलजस्तै बसायो ’ आज सार्वजनिक भएको छ । रानाभाटले आफ्नै शब्द / लय तथा परिकल्पनामा उक्त गीत बजारमा ल्याएका हुन् । बाल्यकालदेखिका सम्झनाहरुलाई शब्दमा उतारेका रानाभाटको गीतमा रामजी पौडेल र समीक्षा अधिकारीको आवाज रहेको छ ।
त्यस्तै, उक्त गीतको भिडियोमा अभिनेत्री अन्जली अधिकारी, शोभा थापाको साथमा आफ्नो भूमिका निभाएका रानाभाटले अधिकांश छायांकन आफ्नै जन्मस्थान, वरपरका स्थान, भिर, पाखापखेरा र खोलानालामा गरेको छन् । रानाभाट गण्डकी प्रदेशको शिक्षा तालिम केन्द्रको प्रमुख समेत हुन् । उक्त गीतको भिडियो निर्देशन / सम्पादन तारानाथ आचार्यले गरेका छन्, भने भिडियोको छायांकन / एरेन्ज अनिल कार्कीले गरेका छन् ।
यसैगरी, उक्त गीतको भिडियो कोरियोग्राफर शोभा थापाको रहेको छ, भने रङ संयोजनमा सुवास अम्गाई, मेकपमा जय गरुङ तथा प्राविधिकमा अमृत देवकोटा र सुरज अधिकारी ( बज्र ) रहेका छन् । उक्त गीत डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रा.लि. मा रेकर्ड गरिएको हो, भने मिक्सिङ खड्क बाजुरालीले गरेका हुन् । उक्त गीतको भिडियो राजमी पौडेल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको l