रामेछापको नामाडीमा सिरिएल आफ्नो भाग्य को शुटिङ सम्पन्न
News Desk
Jan-14 तारिख 08:26 बेलुका

रामेछापको नामाडीमा सिरिएल आफ्नो भाग्य को शुटिङ सम्पन्न भएको छ ।करिब १५ दिनको छायांकन  पछि सकिएको निर्देशक दिनेश कार्किले बताए।

समसामयिक विषयमा निर्माण गरिएको नेपाली नयाँ सेन्टिमेम्टल टेलि सिरियल “आफ्नो भाग्य ”  प्रसारण भइरहेको छ। यो सिरियल हरेक आइतबार  साँझ ७ बजे राम खड्का  युट्युब च्यानलमा प्रसारण हुदैछ । 

“आफ्नो भाग्य” लाई निर्माता राम खड्काले निर्माण गरेका हुन् भने कथा पट्कथा संवाद दिनेश कार्किले लेखेका हुन छायाङ्कन र सम्पादन  सनम तामाङ ले गरेका हुन । सिरियलका कलाकारहरूमा मिलन खड्का ,दिवाकर घिमिरे आदित्य शाही ठकुरी, अर्जुन कट्वाल,अन्जली थापा,सबिता थपलिया,राम खड्का,मोहन अधिकारी,रोहित कार्की,यादब कार्की,सन्तोस पोख्रेल,सम्झना  श्रेष्ठ ,लगायत रहेका छन् । यी कलाकारहरूका अभिनयले सिरियललाई परिवारिक रुपले  बनाएको निर्माण टिमले जनाएको छ । सिरियलमा आकृती खड्काले शृङ्गारको जिम्मेवारी सम्हालेकि छिन् भने दिनेश कार्किले निर्देशन गरेका छन् । शृङ्खला निर्देशकको रूपमा भने मिलन खड्काको  रहेका छन् ।
यस सिरियलले सामाजिक र व्यक्तिगत अनुभवहरूलाई केहि म्यासेज दिने  ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको शृङ्खला निर्देशक मिलन खड्काले जानकारी दिए । सिरियलले समाजका विभिन्न पक्ष र परिस्थितिहरूलाई एक समाजको स्वरुप बदल्न खोज्ने पात्रका  रूपमा चित्रण गरेको छ, जसले दर्शकहरूको ध्यान आकर्षित गर्ने उद्देश्य निर्माण टिमले राखेको छ ।  (आइतबार ) ७ बजे राम खड्का  युट्युब च्यानलमा हेर्न सकिन्छ ।