News Desk
मुुम्बई । एम के फिल्म्स एन्ड टेलिभिजन प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको बहुप्रतिक्षित रोमान्टिक म्युजिक एल्बम ‘तेरी बाहों में’ आगामी फेब्रुअरी १३, २०२६ मा रिलिज हुने भएको छ। पोस्टर सार्वजनिक भएसँगै यो प्रोजेक्टले दर्शक तथा संगीतप्रेमीहरूबीच उल्लेखनीय उत्साह सिर्जना गरेको निर्माण पक्षले जनाको छ।
यस रोमान्टिक गीतको निर्माण एम आर राजपूत र एम आर खानले गरेका हुन भने निर्देशनको जिम्मेवारी एम आर खानले सम्हालेका छन्। गीतमा मुख्य कलाकारका रूपमा संजय पाटिल र नितु कोइराला देखिन्छन , जसको केमेस्ट्री पोस्टरमै आकर्षक देखिएको छ।संजय पाटिल मुम्बई प्रहरीमा एसिपी पदमा कार्यरत छन भने र नितु कोइराला नेपाली कलाकार हुन ।
गीतलाई मधुर स्वरले सजाएका छन एआई बाबा मस्तीले। यसका शब्द बाबा खानले लेखेका हुन भने संगीत पनि एआई बाबा मस्तीले नै दिएका छन। छायांकन राज अमितले गरेका छन भने फेशन स्टाइलिङको जिम्मा आशा तलवारले सम्हाल्व्की छिन । कोरियोग्राफी रानीले गरेकी हुन भने क्रिएटिभ निर्देशक शालू सिंह रहेका छन । मेकअप आर्टिस्ट बाबा खान र सम्पादन अनिल गुप्ताले गरेका हुन ।
गीतको छायांकन सुन्दर लोकेसन हनीबुकमा गरिएको निर्माण टिमले जनाएको छ। निर्माता पक्षका अनुसार यो गीत प्रेम, अनुभूति र रोमान्सले भरिएको भावनात्मक कथामा आधारित छ, जसले दर्शकको मन छुने विश्वास गरिएको छ। ‘तेरी बाहों में’ रिलिजसँगै दर्शकमाझ विशेष पहिचान बनाउन सफल हुने टिमको अपेक्षा रहेको छ।