‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणका लागि नोमिनेसन सार्वजनिक
News Desk
Feb-19 तारिख 02:28 बिहान

काठमाडौँ। नेपाली गीत–संगीत तथा चलचित्र क्षेत्रका स्रष्टालाई अवार्ड र सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’को चौथो संस्करणका लागि नोमिनेसन सार्वजनिक गरिएको छ।

कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यस वर्ष सङ्गीततर्फ १५ विधा र चलचित्रतर्फ ११ विधा गरी जम्मा २६ विधामा नोमिनेसन घोषणा गरिएको हो। अवार्डमा सहभागिताका लागि गरिएको आह्वानपछि प्राप्त भएका चलचित्र तथा गीत–संगीत कृतिहरूलाई समेटेर नोमिनेसन तय गरिएको संयोजक पौडेलले जानकारी दिए।

अवार्ड समारोह यही फागुन १३ गते काठमाडौँमा आयोजना हुनेछ। अवार्डको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’का पहिलो, दोस्रो र तेस्रो संस्करण काठमाडौँमा भव्य तथा सभ्य रूपमा सम्पन्न भइसकेका छन्।

https://rajyadainik.com//img/newsimage/1771426719.jpg

सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनामा हुने यस वर्षको अवार्डमा २०८१ सालमा प्रदर्शन तथा सार्वजनिक भएका चलचित्र र गीत–संगीतलाई समावेश गरिएको छ। साथै, अवार्ड कार्यक्रमलाई चलचित्र विकास बोर्डले सहकार्य गरेको छ। अवार्ड कार्यक्रममा एक जना श्रस्टालाई नगद २५ हजार पांच सय पचपन्न नगद सहित लाइफटाइम अचिभमेन्ट अवार्ड द्वारा सम्मान गरिनेछ। एक जना पत्रकारलाइ नगद सहित पुरस्कार पनि प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।