News Desk
प्रतियोगितामा मेक्सिकोकी पामिरा रुइज विजेता घोषित हुँदा नेपालकी सजलले अन्तिम १० प्रतिस्पर्धीभित्र स्थान सुरक्षित गर्दै नेपालको उपस्थितिलाई अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त बनाएकी हुन् ।
यसअघि नेपालबाट मिस इको इन्टरनेशनल २०२६ का लागि सजल राजभण्डारीलाई आधिकारिक रूपमा चयन गरिएको थियो । उनले नेपालका संस्कृति, पर्यटन तथा वातावरणीय चेतनालाई विश्वसामु प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।
सन् २०१५ देखि सुरु भएको मिस ईको इन्टरनेशनलमा प्रतियोगिता वातावरण संरक्षण, दिगो पर्यटन र सांस्कृतिक आदानप्रदानको सन्देश बोकेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका रूपमा परिचित छ ।

