मिस इको इन्टरनेशनल २०२६ मा नेपालकी सेजल राजभण्डारी टप १० मा
News Desk
May-25 तारिख 08:24 बेलुका • आज

काठमाडौं ।  नेपालकी प्रतिनिधि सेजल राजभण्डारीले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस ईको इन्टरनेशनलमा उत्कृष्ट प्रदर्शन गर्दै शिर्ष १० मा स्थान बनाउन सफल भएकी छन् । इजिप्टको अलेक्जान्ड्रियामा सम्पन्न प्रतियोगितामा विश्वभरका ४५ देशका प्रतिस्पर्धी सहभागी थिए। 

प्रतियोगितामा मेक्सिकोकी पामिरा रुइज विजेता घोषित हुँदा नेपालकी सजलले अन्तिम १० प्रतिस्पर्धीभित्र स्थान सुरक्षित गर्दै नेपालको उपस्थितिलाई अन्तर्राष्ट्रिय मञ्चमा थप सशक्त बनाएकी हुन् । 

यसअघि नेपालबाट मिस इको इन्टरनेशनल २०२६ का लागि सजल राजभण्डारीलाई आधिकारिक रूपमा चयन गरिएको थियो । उनले नेपालका संस्कृति, पर्यटन तथा वातावरणीय चेतनालाई विश्वसामु प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

उनलाई Green Arts Media company ले उक्त प्रतियोगितामा पठाएको हो ।  सन् २०१५ देखि सुरु भएको मिस ईको इन्टरनेशनलमा प्रतियोगिता वातावरण संरक्षण, दिगो पर्यटन र सांस्कृतिक आदानप्रदानको सन्देश बोकेको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका रूपमा परिचित रहेको कम्पनीकि नेशनल डाईरेक्टर एलिना श्रेष्ठले बताईन ।