सन्तोष सुनारको छायांकन रहेको ‘मन खान्छ कटक्कै’ गीतको म्युजिक भिडियो सार्वजनिक
News Desk
Jun-22 तारिख 05:28 बिहान • आज


काठमाडौं । सविन कुमार तोलाङगीको निर्देशनमा नयाँ लोक दोहोरी गीत ‘मन खान्छ कटक्कै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक राजन श्रेष्ठ र गायिका शान्ती श्री परियारको स्वर रहेको छ । उक्त गीतको शब्द चन्द्रकला प्रसाई (रचना) ले सिर्जना गरेकी छिन्, भने संगीत रिमेश थापाको रहेको छ । प्रेम र आकर्षणको भावनालाई केन्द्रमा राखेर तयार पारिएको भिडियोमा मोडल आयुष्मा कार्की र सुधिर श्रेष्ठको मुख्य अभिनय रहेको छ । 

त्यसैगरी, उक्त भिडियोको छायांकन सन्तोष सुनारले गरेका छन्, भने मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । अकौस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ एसबी मुस्कानले गरेका हुन् । गीतको एरेन्ज साहस साक्यले गरेका छन्, भने नृत्य निर्देशन केशवराज भट्टले गरेका छन् र मेकअप सरिता प्रजापतिको रहेको छ ।  

यस्तै, छहारी मल्टिमिडिया प्रा.लि. को प्रस्तुति रहेको उक्त भिडियोको छायांकन भक्तपुरको रमणीय क्षेत्र गुण्डुमा गरिएको थियो । उक्त गीतको भिडियोको मिडिया संयोजकमा निराज रानाभाट रहेका छन् । निर्देशक तोलांगीले नेपाली लोक दोहोरी क्षेत्रमा फरक शैली र प्रस्तुतिका साथ काम गर्दै आएका छन् । उक्त गीतको भिडियोको साझा अनलाइन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । 

भिडियो ;/43eIbNYuG4s?si=HMKCwSsKr9diVeSm

 


https://youtu.be/43eIbNYuG4s?si=Z1-IQ6HcWobAtBSS

धेरै पढिएको