वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको ‘एकतर्फी माया’लाई उनकी सुपुत्री सरनाको स्वर तथा निर्देशन (भिडियो)
News Desk
Oct-23 , 2020 तारिख 06:44 बेलुका

लोकप्रिय बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको शव्द रचना तथा उनकी सुपुत्री गायिका सराना श्रेष्ठको स्वर रहेको नयां गीत ‘एक तर्फी माया’मा कहिले काही कसैको जीवनमा हुन सक्ने एक तर्फी प्रेमको विषयलाई गीत र भिडियो मार्फत अत्यन्तै आकर्षक ढंगले प्रस्तुत गरिएको छ । हिन्दुहरुको महान चाड दशैंको घटस्थापना अवसर पारेर विषम परिस्थितीका बावजुद दर्शक श्रोताका लागी सांगितीक मनोरन्जन प्रदान गर्ने उद्देश्यले सार्वजनिक गरिएको गीतलाई निकै मनपराईएको छ । ‘ककाकी प्रडक्सन’को युट्यूब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई धेरैले रुचाएका छन । गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको गीतको तयारी भिडियोको कन्सेप्ट तथा निर्देशन समेत स्वयं गायिका सरना श्रेष्ठले गरेकी हुन । रुपम सिंह गुरुङ्गको ऐरेन्ज रहेको गीतमा एक तर्फी गरिने मायाको विषयलाई उत्कृष्ट शव्दबाट वर्णन गरिएको छ ।
कसैको जीवनमा माया प्रेम एकतर्फी पनि हुन्छ । समाजमा पछिल्लो पुस्तामा माया भन्नासाथ स्विकार गरिहाल्नु पर्छ, पाईहाल्न पर्छ भन्ने मनशाय भएकाहरुलाई यस गीतले सकारात्मक सन्देश दिन खोजेको छ । आफुले चाहेको प्रेम स्विकार नगरे जघन्य अपराध गर्न समेत पछि नपर्नेहरुलाई र आफुले चाहेको माया नपाएर मन टुटेर बसेका असफल प्रेम जीवनलाई सहज रुपमा लिन सक्नुपर्छ भन्ने कुरालाई गीतको माध्यमबाट प्रष्ट्याउन खोजीएको छ । कोही न कोहीको जिवनमा हुने यस्ता एकतर्फी माया प्रेम हासिल गर्न नसके पनि जीवनमा तड्पिएर नभै जे भयो त भयो अव जिवनलाई सहज रुपमा जिउन सक्नु पर्छ भनेर एकतर्फी माया प्रेममा डुबेकाहरुलाई निकै आकर्षक ढंगले सन्देश दिन खोजीएको छ ।

नायिका श्वेता खड्काको काया फिल्मस्ले निर्माण गरेको भिडियोमा नायिका श्वेताको साथमा नायक अनुप विक्रम शाही, मोडल निराजन प्रधान तथा गायिका सराना लगायतको उत्कृष्ट अभिनयले भिडियो थप आकर्षक बनेको छ । फिल्मी शैलीमा निर्माण गरिएको भिडियोलाई उत्कृष्ट बनाउन काया फिल्मसले निकै मिहिनेत गरेको देखिन्छ । भिडियोको छायांकन नवराज उप्रेतीले गरेका हुन भने कोरियोग्राफी गम्भिर विष्ट र सम्पादन वार्डड क्यानभास फिल्मस्को रहेको छ ।

धेरै पढिएको