गिनिज क्युट फोटो कन्टेस्ट हुने
News Desk
Jun-05 , 2021 तारिख 08:19 बिहान

काठमाडौं, २२ जेठ-गिनिज Cute kids फोटो प्रतियोगिता संचालन हुने भएको छ । गिनिज स्कूल घर्मस्थलीले पहिलो पटक गिनिज Cute kids फोटो कन्टेस्ट गर्न लागेको हो । प्रतियोगिता जेठको अन्तिम साताबाट सुरु हुने विद्यालयले जनाएको छ । उक्त प्रतियोगितामा सहभागीताका लागि अभिभावकले आफ्नो बालबालिका (विद्यार्थी) को नाम ठेगाना सहित आकर्षक नयाँ फोटो, पठाउनु पर्नेछ ।

यस प्रतियोगितामा सोही विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा दशसम्म अध्ययनरत इच्छुक बिद्यार्थीले सहभागीता जनाउन सकिने विद्यालयका कार्यवाहक प्रन्सिपल रामेश्वर सिंखडाले बताए । उक्त प्रतियोगितामा उत्कृष्ट ३ जनालाई विशेष पुरस्कारको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । उत्कृष्ट हुनका लागि लाइक र सेयरलाई आधार मानिने सिंखडाले जानकारी दिए । इच्छुक बिद्यार्थीले आफ्नो फोटो जेठ २३ गते आइतबारदेखि जेठ २८ गते शुक्रबारसम्म पठाउन सकिने ब्यवस्था गरिएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनको समयमा बिद्यार्थीको मनोबल बढाउन, अतिरिक्त कृयाकलापसहित प्रबिधिमा निपुर्ण गराउन उक्त प्रतियोगिता आयोजना गरिएको कार्यवाहक प्रिन्सिपल  सिंखडाले बताए ।