श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको रोमान्स ‘तिम्रो मुहारमा’
News Desk
Jun-23 तारिख 01:56 बेलुका

काठमाडौं – लोक प्रिय गायक प्रविन बेडवालको आवाज श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको अभिनयमा ‘तिम्रो मुहारमा’ बोलको गीत सार्वजनिक भएको छ । गीतले माया प्रेमको कुरालाई देखाउन खोजेको छ।गीतमा प्रमोद भट्टराई प्रतीकको शब्द,कृति न्यौपानेको संगीत रहेको छ ।

उक्त गीतमा सबैको लोक प्रिय गायक प्रविन बेडवालको स्वर रहेको छ। प्रग्यस्वरी स्टुडियोमा रेकर्ड गरेको गीतलाई शम्भु तनडुकरले मिक्सिङ / मास्टरिङ र राजु कार्कीले संगीत संयोजन गरेका हुन्।हेमप्रभास अधिकारीको निर्देशन अन्जु सुनारको कोरीयोग्राफर रहेको उक्त भिडियोमा श्रीदेव भट्टराई र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ। अजय रेग्मीले छायांकन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन,कलर गरेका हुन् । ‘तिम्रो मुहारमा’ म्यूजिक भिडियो ओ एस आर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ । ‘तिम्रो मुहारमा’ म्यूजिक भिडियो प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको हो।