फुर्के धागो २ सार्वजनिक
News Desk
Aug-04 , 2021 तारिख 12:03 बेलुका

 

काठमाडौं । ‘फुर्के धागो’ बोलको गीतको अपार सफलता पछि ‘फुर्के धागो २’ मंगलबार सार्वजनिक   भएको छ। गीत  ‘जननी नेपाल’ नामक युटुब च्यानलमार्फत गीत सार्वजनिक  भएको हो ।

 उक्त गीतमा प्रभा बर्तौलाको शब्दमा रहेको गायक तथा संगीतकार थानेश्वर गौतम र शोभा गौतमको स्वर रहेको छ। संगीत गायक गौतमले नै भर्नुभएको छ ।

 भुवन लामाको निर्देशन र उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा मुख्य अभिनय कलाकार अन्जली अधिकारी र नयन डिसीको रहेको छ। यस्तै गीत एरेन्जमा उदयराज पौडेलको,भिडियो सम्पादक वीर बहादुर थारु रहेको उक्त गीतमा मिडिया संयोजन उमेश थपलियाको रहेको छ ।  फुर्के धागो २ बोलको गीत र भिडियोले सम्पूर्ण दर्शक स्रोताको मन जित्ने निर्माण टिमले दाबी गरेको छ ।  

कलाकारिता क्षेत्रमा गीतकार बर्तौला र गायक गौतमको सहकार्य उत्कृस्ट देखिन्छ। बर्तौलाको शब्द तथा  गौतमको आवाज र संगीतमा रहेको ‘फुर्के धागो’, ‘छुट्नलाई पो रैछ क्या रे’, लगायत बोलका गीतको चर्चा गाउँदेखि सहरसम्म उत्तिकै छ ।  
https://youtu.be/kcB7ljBLJCw

धेरै पढिएको