कृष्ण र रिताको स्वरको ‘हेर्दा हेर्दै’ को भिडियो सार्वजनिक
News Desk
Aug-07 , 2021 तारिख 11:15 बिहान

काठमाडैं– अमेरिकामा बसोबास गर्दै आएका चलचित्र निर्देशक सुमन दाहाल त्यहाँ पनि निर्देशनमा सक्रिय छन् ।

दाहालले पछिल्लो पटक निर्देशन गरेको एउटा नयाँ गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो अमेरिकामै छायाँकन गरेर शनिबार सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । यो गीतका रचनाकार सुदन डोटेल हुन् ।

सरोज प्याकुरेलद्वारा संगीतबद्ध यो गीतमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ ।

गीतलाई भोला पौडेलले रेकर्डिङ गरेका हुन्, जसमा मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

यो गीतको भिडियोमा भुवन लोहनी र रंजिता ढकालको अभिनय रहेको छ ।

मोडल भुवनको जन्मदिनको अवसर पारेर शनिबार यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई विकाश घले गुरुङले कोरियोग्राफी गरेका हुन्, जसमा पवन गौतमको छायाँकन, भुपेन्द्र अधिकारीको सम्पादन, अक्की शर्माको ड्रोन, रेनिश फागोको कलरिङ रहेको छ ।

यो नृत्य प्रधान गीतमा भुवन र रंजिताको जोडीको अभिनय आकर्षक छ ।

निर्देशन सुमन दाहालले गीतको भाव अनुसारको भिडियो तयार गरेका छन् ।

धेरै पढिएको