News Desk
काठमाडौं-गायक राजन श्रेष्ठ "आउँदिनौ र मायाँ" लिएर आएका छन्। शोभा अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियो निर्देशन समेत गायक श्रेष्ठ ले नै गरेका छन्। तेज्ना इन्टरटेन्मेन्टको युटुब च्यानलबाट सार्वजनिक गरिएको भिडियोको निर्माण पनि तेज्ना इन्टरटेन्मेन्टले गरेको हो।
बिनय कार्कीको एरेन्ज, रोशन बालुवा को मिक्सिङ्ग माष्टरिङ रहेको गीतको भिडियो छायाङ्कन, सम्पादन संजीव के घिसिङ्गले गरेका छन्।आर्या गुरुङ्गको मेकअपमा मोडल अस्मिता ढकाल र रोशन श्रेष्ठको जीवन्त अभिनय रहेको म्युजिक भिडियोमा बाल कलाकार सृष्टि पौडेल र सन्दीप पौडेलको पनि अभिनय हेर्न पाइन्छ। धादिङको रमणीय दृश्यहरु कैद गरिएको भिडियोलाई दर्शकहरुले रुचाएका छन्। https://youtu.be/na4Pvh3Qh4I