जिबेश गुरुङ र एलिना चौहानको ´कराई धोइदेउन`
News Desk
Aug-23 , 2021 तारिख 03:46 बिहान

काठमाडौं-जिबेश गुरुङको निर्देशन र नमस्ते प्लसको प्रस्तुति रहेको´कराई धोइदेउन` बोलको गित सार्वजनिक भएको छ। हास्यव्यङ्ग्य शैलीमा तयार पारिएको यस गितमा एलिना चौहानको शब्द एवम् भिम कौसरीको संगित रहेको छ भने चर्चित वेब सिरिज निर्देशक एवम् गायक जिबेश गुरुङ र एलिना चौहानको स्वर रहेको छ।

सार्वजनिक गितको भिडियोमा जिबेश गुरुङ,एलिना चौहान,संगम भण्डारी,बनुराम शाक्य र कमल मैनालीको अभिनय देखन सकिन्छ। सो गितमा रुपेश थापाको छायांकन संगै मिलन बिश्वकर्मा सम्पादन रहेको छ भने रमाकान्त न्यौपानेले यस गितको भिडियो लाई निर्माण गरेका हुन् । सार्वजनिक भएको चौबीस घन्टा नबित्दै दर्शकको सकारात्मक प्रतिक्रिया संगै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको छ।

धेरै पढिएको