मिसेस नेपाल ग्ल्यामको उपाधि उर्मिलालाई
News Desk
Aug-31 , 2021 तारिख 05:35 बिहान

काठमाडौं । मिसेस नेपाल ग्ल्याम २०२१को उपाधि काठमाडौ चावहिलकी उर्मिला कार्कीले चुम्नु भएको छ । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उहाँले शीर्षसहित मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भिवर्स च्वाइ, वेष्ट हेयर उपाधिसमेत हात पार्नुभयो । विजेता उर्मिलाले सिंगापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेशलन २०२१’ नेपालको प्रतिनिधित्व गर्नु हुनेछ । 

सामाजिक दूरी कायम गर्दै ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हालमा सम्पन्न प्रतियोगितामा फष्ट रनरअपको उपाधि रमिता यादव र सेकेण्ड रनरअपको उपाधि सरिता श्रेष्ठले जित्न सफल हुनुभयो । रमिता मष्ट डिसिप्लेन उपाधिसमेत जित्दा सरिताले वेष्ट र्‍याम्प वाक, फिगर र फोटोजेनिकको उपाधि हात पार्नुभयो ।

विजेतालाई पूर्वमहिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, अभिनेता धिरेन शाक्य, आयोजक संस्थाकी अध्यक्ष एवं अधिवक्त प्रीति कार्कीलगायतले उपाधि तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा बवी शाह वेष्ट स्माइल, रंगलक्ष्मी फुयाँल वेष्ट स्किन, मलिसा शर्मा फेसबुक च्वाइस, शान्ति मगर लिम्बूले मिसेस ब्युटीफुल, सुनिता श्रेष्ठ वेष्ट फिगर, अञ्जना खड्का वेष्ट डान्स, शोभा शाही वेष्ट कन्फिडेन्ट चुनिनुभयो

प्रतियोगितको निर्णायकमा अभिनेता तुलसीप्रसाद श्रेष्ठ, गायिका भावना आचार्य, अभिनेता प्रेम पाण्डे, चलचित्र निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस गीता पौडेल र चलचित्र निर्देशक मधुसूदन भट्टराई रहनुभएको थियो । सो कार्यक्रममा चलचित्र निर्देशका उमेश गुरुङ राष्ट्रिय निर्देशक सम्मान, पेजेन्ट निर्देशक नीशुकान्त झालाई राष्ट्रिय पेजेन्ट निर्देशक सम्मान, मेकअप आर्टिस विना रानामगरलाई राष्ट्रिय मेकअप आर्टिस सम्मान, गीतकार डब्बु क्षत्रीलाई राष्ट्रिय गीतकार सम्मान र फेसन डिजाइनर दिलमाया मगरलाई राष्ट्रिय फेसन डिजाइनर सम्मानबाट सम्मानित गरिएको थियो ।

सोही कार्यक्रममा अश्विनी झाको कोरियोग्राफीमा फाइनल स्पर्भासमेत आयोजना भएको थियो । जसको निर्णायकमा मानवअधिकार परिषद् नेपालका अध्यक्ष तुलसी थापा, अभिनेता प्रदीप बास्तोला, अभिनेता विकास चापागाई, संगीतकार सरोज प्याकुरेल, अभिनेत्री साक्षी लम्साल, मिसेज इन्टरनेशनल एशिया प्यासिफिक चन्दा थापा गिरी, मेकअप आर्टिष्ट गीता शाह, फेसन डिजाइन अमिता झा, चलचित्र निर्देशक ऋषिराज आचार्यलगायत रहनुभएको थियो । 

धेरै पढिएको