गायिका ईन्दिराको स्वर तथा अभिनेत्री नितु अभिनित ‘नाचौं गाऔं रमाऔं’ सार्वजनिक (भिडियो)
News Desk
Jul-17 , 2020 तारिख 01:25 बेलुका

नेपाली महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा विगत भन्दा कम मात्रामा गीत तथा भिडियोहरु सार्वजनिक भईरहेको अवस्थामा हालै निर्देशक तथा कोरियोग्राफर सुमनकुमार श्रेष्ठले निर्देशन गरेको गायिका ईन्दिरा भट्टराईको स्वर, शब्द तथा सङ्गीतमा रहेको ‘नाचौ गाउ रमाउ’ बोलको तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको भएको छ ।
हाल दुवईमा रहेर व्यापार व्यबसायमा संलग्न रहदै आएकी गायिका ईन्दिराको यस अघिका गीतहरु पनि चर्चामा रहेको थियो । गीतको भिडियोमा नेपालमात्र नभै भारतमा समेत थुप्रै अन्तरराष्ट्रिय सम्मानबाट सम्मानित भै चर्चामा रहेकी मोडल, समाजसेवी नितु कोइरालाको अभिनय तथा नृत्य रहेको छ ।

 

जागरण महिला समाज समुहको आयोजन तथा निर्देशक तथा वरिष्ठ सिनेम्याटोग्राफर राजु केसीको सहयोगमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोलाई सूर्य महर्जनले छांयाकन गरेका हुन भने अर्कि कोरियोग्राफर सरस्वती लामाले कोरियोग्राफिमा सुमन कुमार श्रेष्ठलाई सहयोग गरेकी छिन । बिष्णु शर्माको सम्पादन रहेको भिडियोमा प्रिज्मा श्रेष्ठको मेकअप रहेको छ ।