डिपी दाहालको ‘मायाको घरवार’ सार्वजनिक (भिडियोसहित)
Devil Singh Rajput
Jul-25 , 2020 तारिख 02:06 बिहान

काठमाडौं । गीतकार डीपी दाहाल परिश्रमीको रचनामा नयाँ गीत ‘मायाको घरबार’ सार्वजनिक भएको छ । डिलाईटेड नेपाल युटुब च्यानल मार्फत सार्वजनिक गीतमा पुरुषोतम सुबेदी र अस्मीता अधिकारीले स्वर दिएका छन् भने संगीत पनि पुरुषोतम सुबेदीकै रहेको छ ।

गीतमा मायाको घर बसाउन एक अर्काले पक्का गरौं भन्ने भाव समेटिएको छ । मायाप्रीतिकै कथाबस्तु रहेको सो गीतमा नायिका केकी अधिकारी र पुष्प खड्का लगायतको अभिनय गरेका छन् ।

ह्वाइट मिडियाको निर्माण संयोजन रहेको यस भिडियोमा अर्जुन तिवारीको छायाङ्कल रहेको छ भने कोरीयोग्राफी प्रबिन थापा र सम्पादन, तथा निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

मनको ढोका खोलेर भन
पिरतीमा नगर दोमन
असलीलाई चहिदैन कसी
थाहहुन्न दिल भित्र नबसि
हित्त चित्त मिलाउने पियार
पक्कागरौ मायाको घरबार
तिम्रो कुरा भर गर्नु कसरी
घरमा फेरी भन्ने हो कसरी……

पछिल्लो पुस्ताकी रुचाइएकी गायिका अस्मीता अधिकारी र मन जीत्ने संगीत श्रृजना गर्न सफल र स्वरका धनी पुरुषोतम सुबेदीको बेजोड स्वर रहेको यस गीतमा, मनका भावनाहरुलाई गीतका शब्दमा उतार्न सफल गीतकार डीपी दाहाल परीश्रमीले उतिकै मिठा शब्दहरु प्रस्तुत गरेका छन् ।