News Desk
काठमाडौं । सौदर्य प्रतियोगिता ‘ह्वाइट हाउस एसईई प्रिन्सेज २०२०’का लागि आवेदन खुल्ला भएको छ । आयोजक सिजन मिडियाले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो । कोरोनाको कारण केही पहिले आयोजना हुनुपर्ने प्रतियोगिता ढिलै भएपनि सुरु गर्न लागेको आयोजकले जानकारी दिएको छ । विज्ञप्तीमा भनिएको छ ‘विगत १० वर्षदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिता यस वर्षबाट ‘ह्वाइट हाउस एसईई प्रिन्सेज’को नामबाट हुन लागेको हो ।’ कार्यक्रमको व्राण्ड प्रायोजकमा हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र मुख्य प्रायोजकमा नामि कलेज रहेका छन् । कक्षा दश परीक्षा दिएर वसेका छात्राहरुले सहभागिता जनाउन सक्ने प्रतियोगितामा कोरोनासँग सुरक्षित रहेर तालिम प्रदान गरिनेछ । प्रतियोगीहरुको कोरोना विमा समेत हुनेछ । कक्षा दश परीक्षा दिएर बसेका छात्राहरुको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि,क्षमता उजागर, नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको मार्ग निर्देशन दिने उदेश्यले आयोजना हुन लागेको प्रतियोगितामा ¥याम्प सो, शारीरिक फिटनेश, फोटो सेसन, कलेज भ्रमण, टेवल म्यानर,फोटोग्राफी शिक्षालगायत विभिन्न प्रशिक्षण प्रतियोगीले प्राप्त गर्नेछन् ।प्रतियोगिताको बिजेताले ‘वाइट हाउस एसईई प्रिन्सेज २०२०’को शीर्ष उपाधिसहित उच्च शिक्षाका लागि २ लाख बराबरको छात्रावृत्ति, ल्यापटप, मोवाइ