News Desk
काठमाडौँ — २७ मंसिर २०७८
काठमाडौँ , रक गायक बिनोद ढकाल दुबईमा आयोजित एमएसएन एक्सिलेन्स अवार्डबाट विभुषित भएका छन् । मोडल सङ्स नेपालद्वारा गत डिसेम्बर ०३ तारिखमा आयोजित एक समारोह माझ उनी विभुषित भएका हुन । कार्यक्रमका प्रमुख अतिथी एनआरएनए एनसिसि युएईका पुर्व अध्यक्ष समेत रहेका नेपाली समाज युएईका निवर्तमान अध्यक्ष, एनआरएनए आईसिसि मध्यपुर्व संयोजक(आर सि) तथा एनआरएनए आईसिसिका पुर्व सल्लाहकार एवम् वरिष्ठ समाजसेवी चन्द्र प्रसाद सापकोटा (सिपी) तथा बिशेष अतिथिद्वय ईमारत मुलुकका व्यवसायी तथा समाजसेवी शेख नासिर मुर्त्दाह बकर र एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज गोर्खालीले उनलाई प्रमाण पत्र तथा अवार्ड ट्रफी सहित सम्मान गरेका थिए ।
उनी गायन विधा तर्फ विभुषित भएका हुन ।धादिङमा जन्मिएका ढकालले रक गायक तथा संगितकारका रुपमा नेपाली सांगितिक फाँटमा रहेर गरेका रचनात्मक कार्यको कदर स्वरुप विभुषित गरिएको हो । ढकालले उकालीमा पनि हजुर मोटर जाँदो रैछ, बाजेले गितार बजाको लगायत दर्जनौ गितमा रक गायकको भूमिकामा रहेर स्वर दिएका छन् । उनले नेपाली कथानक चलचित्रमा समेत गायन प्रस्तुत गरेका छन् । जसमा मोक्ष चलचित्रबाट मर्छु कि क्या हो गाँजा तानितानी, चलचित्र लालटिनबाट व्हिस्की, कि मुभीबाट ब्रुम ब्रुम आदी रहेका छन् ।
उक्त अवार्ड सो कार्यक्रमको इन एशोसियसन पार्टनरमा जनसवाल राष्ट्रिय दैनिक, राज्य दैनिक र बाईटस पाण्डा रहेका थिए । उक्त कार्यक्रमको ट्राभल पार्टनरमा कान्तिपुर होलिडेज्, फिस्टेल ट्राभल्स युएई, नमस्ते ट्राभल्स युएई, हस्पिटालिटी पार्टनरमा नेपाली चुल्हो युएई, याक एण्ड यती क्लब एभरेष्ट दुबई, कंचनजङा रेष्टुरेष्ट दुवई र सपोर्टिङ पार्टनरमा याक एण्ड यती ज्वलेरी, ग्रीनलाईन ग्रुप र जिओपी बजार रहेका थिए । पहिलो पटक एमएसएन एक्सिलेन्स अवार्ड २०१९ मा इजिप्टमा भएको थियो । एमएसएन एक्सिलेन्स अवार्डको यो दोस्रो संस्करण हो ।