News Desk
पोखरा। गायक बिमल लामाको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । ‘बिना फक्कैमा’ बोलको गीतको भिडियो युट्युवमार्फत रिलिज गरिएको हो । गीतमा बिनोद रसाइलीको शब्द संगीत रहेको छ । भिडियोमा मोडलहरु एलिना गुरुङ र उदय थापाले अभिनय गरेका छन् । आशुतोष अधिकारीको निर्दशनमा तयार भएको उक्त म्युजिक भिडियोको क्यामरामेनमा रबिन्द्र बराल र सम्पादकमा मन्दिल श्रेष्ठ रहेका छन् ।
भिजन नेपाल फिल्मस् एण्ड इन्टरटेनमेन्ट च्यानलमा भिडियो रिलिज भएकाे हो । फेवातालसहितका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोको प्रोडक्सन एबिबि इन्टरटेनमेन्ट प्रालि पोखराले गरेको हो । एबिबि इन्टरटेनमेन्ट प्रालि पोखराले म्युजिक भिडियो, छोटा चलचित्र र वृत्तचित्र निर्माण तथा सांस्कृतिक कार्यक्रमको आयोजना मार्फत कला संस्कृतिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
गएको भदौ दोस्रो हप्ता काठमाण्डौंमा सम्पन्न राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ कार्यक्रममा एबिबि इन्टरटेनमेन्ट प्रालिलाई सम्मानित गरिएको थियो । साे कार्यक्रमका प्रमुख अतिथि नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले एबिबिका तर्फबाट गायक विमल लामालाई सम्मान गरेका थिए ।
गीतको लिंकः
https://youtu.be/-ABbL1U9D58