News Desk
‘वर्ल्डवाईड ट्यालेन्ट हन्ट नेपाल’ को आवेदन फारम खुल्ला
काठमाडौँ — चैत्र ४, २०७८ ।
पि प्रोडक्सनको आयोजनामा ‘वर्ल्डवाईड ट्यालेन्ट हन्ट नेपाल’ आयोजना हुने भएको छ। आयोजक संस्थाले एक बिज्ञप्ती जारी गर्दै ‘वर्ल्डवाईड ट्यालेन्ट हन्ट नेपाल,२०२२’ को अडिसनका लागि आवेदन खुल्ला भएको जनाएको हो।
अभिनय, गायन, नृत्य तथा मोडलिङ लगायतका बिभिन्न विधामा अडिसनमार्फत छनौट भएका प्रतियोगीहरुको बिचमा प्रतिस्पर्धा हुने र विजेताले नगद पुरस्कारसंगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न अवसरहरु प्राप्त गर्ने आयोजकले जानकारी दिएका छन।

प्रतियोगितामा सहभागि हुनको अडिसन फारम खुल्ला रहेको र छनौट प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्वदायी क्षमताको विकासका साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाजमा सक्षम र जिम्मेवार नागरिकका रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको आयोजक संस्थाका सिईओ प्रशान्त शाहले जनाएका छन ।
अनलाईन फारम लिंक-
https://bit.ly/WorldwideTalentHunt