“मिस ग्लोबल ईन्टरनेसनल नेपाल २०२२” को लागि आवेदन फारम खुल्ला, अडिसन वैशाख ३ मा हुने
News Desk
Apr-05 , 2022 तारिख 06:13 बिहान

काठमाडौँ —  चैत्र २२, २०७८। 

काजी प्रोडक्शनको आयोजनामा संचालित ट्रेजमी ‘मिस ग्लोबल ईन्टरनेसनल नेपाल २०२२’ सौन्दर्य प्रतियोगीताको आवेदन फारम खुल्ला गरिएको छ । यहीँ १६ अप्रिल(वैशाख ३) मा राजधानीको ठमेलस्थित टोटोज पबमा हुने प्रतियोगिताको ग्राण्ड अडिसनमा १६ वर्ष देखि ३० वर्ष सम्म उमेर समूहका युवतीहरुले आवेदन फारम भरी अडिसनमा भाग लिन सक्नेछन।

उपत्यका लगायत मोफसलका विभिन्न स्थानबाट प्रोफेसनल मोडल वन्ने लक्ष्य लिएका युवतीहरुले यस प्रतियोगीतामा सहभागी हुन सक्ने आयोजक संस्थाका सिईओ सुशान्तकाजी श्रेष्ठले जनाएका छन।

फेसन तथा मोडलिङ क्षेत्रमा प्रवेश गर्न ईच्छुक युवतीहरुको लागि विशेष फोकस गरी उनीहरुको शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल मोडल तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। प्रतियोगिताका विजेताले ‘मिस ग्लोबल ईन्टरनेसनल नेपाल २०२२’,कोे ताज उपाधि सहित अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन।

धेरै पढिएको