News Desk
काठमाडौँ ─ १५ जेठ २०७९
काठमाडौँ, हरि उप्रेतीको शब्द तथा कल्याण सिंघको संगीतमा गायककार तुलसी शिवाकोटीको “प्रेमको निशानी” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
शिवाकोटी विगत लामो समयदेखि गित संगीतमा निरन्तर रुपमा प्रबासमा बसेर अगाडी बढिरहेका यूरोप निवासी यूरोपका स्थापित गायक हुन् । प्राय: युरोपको हरेक देशमा आफ्नो प्रस्तुति दिसकेका उनले यूरोप मात्र नभएर यूरोप बाहिर रहेको विभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन ।
दुइ दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिसकेका गायकले “तिम्रो मेरो प्रेम कहानी’ ‘म त मान्छे सिधा साधा’ ‘प्यारी छोरी न बचाउन सके’ “हे माया” जस्ता गित लोकप्रिय छन् ।
पार्श्व गायनमा समेत आफ्नो स्वर दिसकेका गायकले प्राय देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति गरेका छन् । म्युजिक भिडियोलाई उनले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ ।