युक्रेनको सेभेरोडोनेट्स्कमा रुस र युक्रेनबीच भीषण लडाइँ
News Desk
Jun-13 , 2022 तारिख 09:20 बिहान

युक्रेन ─ ३० जेठ २०७९

युक्रेन,युक्रेनको सेभेरोडोनेट्स्कमा रुस र युक्रेन वीच भीषण लडाइँ भइरहेको छ । युक्रेनमा जारी लडाइँमा एक जना पूर्व ब्रिटिश सैनिक मारिएको उहाको परिवारले जनाएको छ । जोर्डन गेट्ली नाम गरेको पुर्व ब्रिटिस सैनिकले गएको महिना ब्रिटिश सेना छाडेर युक्रेनको पक्षमा लडन युक्रेन पुगेको जनाएको छ ।

युक्रेन युध्दमा ज्यान गुमाउने उनी दोस्रो ब्रिटिश नागरिक हुन् । यसअघि स्कट सिब्लीको गएको एप्रिलमा युक्रेनमा मारिएको थियो ।

यसैबीच रुसी फौजहरूले पूर्वी युक्रेनको सेभेरोडोनेट्स्क सहरमा आफ्नो पकड बिस्तारै बलियो बनाउँदै लगेको यूकेको रक्षा मन्त्रालयले जनाएको छ । त्यहाँ घेराबन्दीमा परेको एउटा रासायनिक उद्योगमा बङ्करहरूमा सयौँ गैरसैनिकहरूले आश्रय लिइरहेका विवरण आएका छन् ।

धेरै पढिएको