रो बिन र सुगन्धा अभिनित ‘न रिसाउन माया’ सार्वजनिक (भिडियो सहित)
News Desk
Aug-15 , 2022 तारिख 07:50 बिहान

काठमाडौँ — श्रावण ३०, २०७९। 

लिसोन खड्काको स्वर,  शब्द र सङ्गीत रहेको ‘न रिसाउन माया ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतको म्युजिक भिडियोमा मोडल कृष्ण श्रेष्ठ (रोबिन) तथा सुगन्धा अधिकारीको अभिनय रहेको छ । मोडल श्रेष्ठ सन् २०१८ मा सम्पन्न मिस्टर नेपाल आईकोनिकका बिजेता हुन भने अधिकारी मेगा मोडल चौथो संस्करणकी फर्स्ट रनर अप हुन।  

एवरेष्ट ईभेन्ट्स मार्फत ईभेन्ट अरगनाईजरको रुपमा पछिल्लो समय छाएका मोडल श्रेष्ठ सन् २०२१ मा बेस्ट ईभेन्ट अर्गनाईजरको रुपमा सम्मानित भै सकेका छन त्यसैगरी अधिकारी सन् २०२१ मा बेस्ट कोरियोग्राफरको अवार्डबाट सम्मानित भै सकेकी छिन। 

एवरेष्ट ईभेन्ट्सले मोडलहरुको निम्ति प्रदान गर्दै आएको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, अन्तर्निहित क्षमता उजागर, प्रतिभा प्रस्फुटन तथा नेतृत्वदायी क्षमताको विकास गर्दै उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यलाई निरन्तरता स्वरुप गायक लिसोन खड्काको गीतमा म्युजिक भिडियो निर्माण गरेको र यस्ता कार्यलाई निरन्तरता दिईरहने जनाएको छ। 
 
आकाश उखेडाले निर्देशन गरेको उक्त भिडियो जीवन पराजुलीले सिनेमाटोग्राफी र सुबिज्ञ सुन्दर श्रेष्ठले सम्पादन गरेका हुन् । ‘एवरेष्ट ईभेन्टस’द्वारा निर्माण गरिएको सो भिडियोलाई ओएसार डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियो — 

 

धेरै पढिएको