अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजाको रफाह शहरमा ठूलो मात्रामा स्थल कारवाही शुरु गरेमा अमेरिकाले हतियारको आपूर्ति बन्द गर्ने चेतावनी
News Desk
May-09 , 2024 तारिख 10:50 बिहान

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले गाजाको रफाह शहरमा ठूलो मात्रामा स्थल कारवाही शुरु गरेमा अमेरिकाले हतियारको आपूर्ति बन्द गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति बाइडनले सिएनएनसँगको अन्तरवार्ताका क्रममा रफाहमा जारी आक्रमण नरोके हाल प्रयोग भइरहेका र सम्झौता भएका हतियारको आपूर्ति रोकिने चेतावनी दिनुभएको हो ।

अमेरिकाकी विरोधका बाबजुद पनि इजरायलले रफाहमा सैन्य कारवाही जारी राख्‍नुका साथै मानवीय सहायताका लागि नाका नै बन्द गरेपछि अमेरिकाले आफ्नो दवाब बढाएको हो । दक्षिणी गाजाको भीडभाड भएको सो क्षेत्र हमासको अन्तिम प्रमुख गढ हो ।

इजरायलले गाजामा गरेको सैन्य कारवाहीका क्रममा अन्य क्षेत्रबाट आएर बसेका शरणार्थीको संख्याले रफाहमा भीडभाड बढेको हो । यस्तो ठाउँमा सैन्य कारवाही गर्दा ठूलो संख्यामा नागरिक हताहत हुनेभन्दै अमेरिका लगायतका मुलुकले इजरायललाई दवाब दिइरहेका छन् ।

धेरै पढिएको