लिटल मिस एन्जल २०२४ पाँचौ संस्करणको प्रतिभा प्रदर्शन राउण्ड सम्पन्न
News Desk
Jun-02 , 2024 तारिख 01:15 बेलुका

काठमाण्डौं । लिटल मिस एन्जलका ३९ सहभागी बालिकाहरुले शनिवार सर्वनाम थिएटर कालिकास्थानको रंगमंचमा विभिन्न प्रतिभा प्रदर्शन गरेका छन्। प्रतियोगीहरुले नृत्य, चित्रकला , तेक्वान्दो ,बासुरीवादन ,भाषण ,गायन लगायतका विधामा प्रतिभा देखाएको कलश इभेन्ट्सका प्रबन्ध निर्देसक बर्षा महर्जनले जानकारी दिईन्।

यस कार्यक्रममा निर्णायकको भूमिकामा प्रसिद्ध नृत्य निर्देशक जे डि तमु , प्रोफेसनल उदघोषक सेसेमी लिम्बु र बरिष्ठ चित्रकार तथा सन्तु आर्ट ग्यालरीका अध्यक्ष सुदर्शन राज शाक्य रहेका थिए।

लिटल मिस एन्जलका सम्पूर्ण प्रतियोगीहरुले आउँदो जेष्ठ २६ गते अन्तिम प्रतिस्पर्धामा सहभागी जनाउने संस्थाका अध्यक्ष संजय महर्जनले जनाएका छन् ।

धेरै पढिएको