विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा-अमेरिका’ को उपाधि अर्जेन्टिनालाई
News Desk
Jul-15 , 2024 तारिख 12:11 बेलुका

विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिता ‘कोपा-अमेरिका’ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनलमा कोलम्बियालाइ १-० गोलले हराउदै अर्जन्टिनाले उपाधि जितेको हो । अमेरिकाको मियामीस्थित होर्ड रक स्टेडियममा खेलको ११२औं मिनेटमा अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले गोल गरे ।

९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले गोल गर्दै अर्जेन्टिनालाई उपाधी दिलाएका हुन् । खेल हेर्न टिकट नपाएका दर्शकको होहल्लाका कारण खेल निर्धारित समयभन्दा एक घण्टा १५ मिनेट ढिलो सुरु भएको थियो । ६८औं मिनेटमा लिओनल मेसी चोटका कारण मैदानबाट बाहिरिएका थिए ।

१९९४ पछि कुनै उपाधि जित्न नसकेको अर्जेन्टिनाले लगातार तीन उपाधि जितेको हो । २०२१ मा कोपा अमेरिका जितेपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप उपाधि समेत जितेको थियो । फाइनलमा गोल गर्ने मार्टिनेजले प्रतियोगिता अवधिभर पाँच गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बनेका छन् ।

धेरै पढिएको