News Desk
काठमाण्डौँ, असोज ३ नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै अघि बढिरहेकी सभ्यता गीरिले नेपालमा त भिडियोमा मोडलिङ गरेकी छन् नै बलिउडमा पनि उनको ब्यस्तता आजभोली बढ्न थालेको छ । शुक्रबार सार्वजनिक उनि अभिनित हिन्दी गीतको म्युजिक भिडियो ‘ओ माहिया तु मेरी जान’ मा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ । सभ्यतालाई म्युजिक भिडियोमा ईशान खान, ऋषि पञ्पल, अर्जुन नारायण, अनुज जयसवालले साथ दिएका छन् । अर्बिट म्युजिकको निर्माण रहेकोे उक्त भिडयोलाई बबिता पान्डे र अर्बित पान्डेको निर्देशन गरेका छन भनेनसञ्जय शर्माले कोरियोग्राफी गरेका हुन् । अन्नु शाह अनवरको शब्द, अलि घनिको संगित, शाहिद माल्येको आवाज रहेको गीतको भिडियोबाट विगतका भिडियोहरु सफल भएझै यसबाट पनि आफु निक्कै आशावादी रहेको मोडल गीरिले बताईन ।