News Desk
काठमाण्डौ— भाद्र ३०, २०८१
विगत एक दशकदेखि सौन्दर्य प्रतियोगिताहरु आयोजना गरिरहेको इभेन्ट म्यानेजमेन्ट कम्पनी युथ क्रियसन नेपालले चौथो संस्करणको ‘फेस अफ स्मार्ट किड्स २०२४’ को पहिलो अडिसन राजधानीको गोङ्गबूस्थित बर्गर हाउसमा सम्पन्न गरेको छ।

प्रतियोगिताको कोरियोग्राफी अन्तराष्ट्रिय स्तरका फेशन कोरियोग्राफर रोजिन शाक्यले गर्नेछन् । जसमा चर्चित मिस्टर एण्ड मिस बेस्ट मोडल २०२३ का बिजेता सुमन कालिकोटे, गायिका तथा मोडल ममता गुरुङ र नृत्य निर्देशक एम बि गुरुङ निर्णायक रहेका थिए । प्रतियोगिताको दोस्रो अडिसन असोज ५ गते शनिवार हुनेछ।
मोडलिङ क्षेत्रमा उज्ज्वल भविष्य बनाउने सोचमा रहेका बालबालिकाको मार्गनिर्देशन गर्दै मोडलिङका लागि आत्मबिश्वास, मोडलिङ प्रशिक्षण सहित उचित वातावरण बनाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष रबि लामाले बताए साथै आफुले गर्ने सौन्दर्य प्रतियोगिता अरुले गर्ने भन्दा केही भिन्न तरिकाले गर्ने र प्रतिभाको मुल्याङ्कन पनि भिन्न तरिकाले गर्ने गरेको समेत जानकारी गराए ।

विशेष गरि बालबालिकालाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा टेवा पुर्याउने र बालबालिकाको व्यक्तित्व बिकास गर्ने उद्देश्यले फेस अफ स्मार्ट किड्स आयोजना गरिरहेको अध्यक्ष लामाले बताए ।प्रतियोगिताका विजेता, फष्ट रनर अपर, सेकेन्ड रनर अपले आकर्षक गिफ्ट ह्याम्परका साथै विभिन्न अवसर पुरस्कारको रुपमा जित्न सक्नेछन ।प्रतिस्प्रधीहरुलाइ विभिन्न अतिरिक्त क्रियाकलाप लगायतका विभिन्न सामाजिक कार्यमा समेत सहभागी गराईनेछ । त्यसैगरि विभिन्न सेलिब्रेटीहरुको साथमा मोटिभेसन क्लास लगायत अन्य आधारभूत कुराको जानकारी गराईने अध्यक्ष लामा गराए ।