News Desk
काठमाडौँ — आश्विन ५, २०७७। पेजेन्ट नेपाल ईन्टरनेशनलले आयोजना गर्दै आएको 'फेशन एण्ड मोडल अवार्ड’को दोश्रो संस्करणको मनोनयन सार्वजनिक भएको छ । नेपाली फेशन र मोडलिङ क्षेत्रको उत्थान, यसैमा समर्पित कलाकर्मीहरुको सम्मान र प्रोत्साहन एवं गुणात्मक श्रीवृद्धिको लागि फेशन र मोडलिङका साधकहरुलाई उत्साहित बनाउन र यो उद्योेगको व्यावसायीकरणमा टेवा पुर्याउन हरेक वर्ष अवार्ड कार्यक्रम गरिँदै आएको पेजेन्ट नेपाल ईन्टरनेशनलका प्रवन्ध निर्देशक दिक्पाल कार्कीले जनाएका छन् । विश्वव्यापी महामारीको रुपमा देखापरेको कोभिड-१९ लाई मध्यनजर गर्दै पेजेन्ट नेपाल ईन्टरनेशनलले 'पेजेन्ट नेपाल फेशन एण्ड मोडल अवार्ड,२०२०’का लागि सोमबार काठमाडौंमा एक अनौपचारिक कार्यक्रम गरी मनोनयन सार्वजनिक गरेको छ ।
यसका साथै विगतको वर्षमा झैं यस वर्ष पनि फेशन र मोडल सम्वद्द गरी कुल ३८ विधाका उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । मनोनयन सार्वजनिक भएसंगै मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ग्लोवल अनलाईन पे मार्फत अनलाईन भोटिङ समेत शुरु भएको छ । मनोनित मध्येबाट उत्कृष्ट चयनको लागि ५०% मत ग्लोबल अनलाईन पे मार्फत हुने भोटिङ बाट नै लिइने जनाईएको छ । यस अन्तर्गत जसले सबैभन्दा बढी भोट प्राप्त गर्छ, सोही व्याक्ति/संस्था विजेता घोषित हुने सम्भावना प्रवल रहनेछ । ३८ विधाका मनोनयनहरुलाई नेपाली फेशन एण्ड मोडलिङ क्षेत्रका विज्ञहरुबाट मूल्यांकन गरिएको र सोही उत्कृष्ट मध्येबाट उत्कृष्ट चयनको लागि ५०% मत फेशन एण्ड मोडलिङ क्षेत्रका विज्ञहरुबाट नै लिइने आयोजकले जनाएका छन।
Nominess Name List link: https://m.facebook.com/story.php?story_fbid=1041418102961878&id=304596429977386