रोहन र रोश्नीले जिते 'ईरा'ज एम्बासडर,२०२४' को शिर्ष उपाधी
News Desk
Oct-07 , 2024 तारिख 01:30 बेलुका

काठमाडौं — आश्विन २१, २०८१। 

फेसन ईराद्वारा आयोजित  ‘ईरा'ज एम्बासडर,२०२४ ’को उपाधि रोहन लामा गुरुङ्ग र रोश्नी खड्काले जितेका छन्। राजधानीको धुम्बाराहीस्थित  भोईस अफ नेपाल स्टुडियोमा सम्पन्न प्रतिष्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै रोहन र रोश्नी बिजेता घोषित भए। बिजेताले शिर्ष उपाधी, करिव पाँच लाख बराबरको आकर्षक उपहारहरुसंगै  बिभिन्न म्युजिक भिडियो, शर्ट मूभीमा अवसर र थाईल्याण्ड र दुबईको फ्लाईट टिकेट प्राप्त गरेका छन। 

‘ईरा'ज एम्बासडरमा प्रतिभाशाली तथा उदीयमान मोडलहरुको प्रस्तुती र अद्वितीय शिल्प कौशल मिश्रित पहिरनमा मोडलहरुले र्‍यापमा आफूलाई उत्कृष्ट रुपमा प्रस्तुत गरेका थिए। प्रतियोगितामा दिव्यांशु शर्मा र अंशिका चौधरी फर्स्ट रनर अप, अभिराजन यादव र रोशिका पौडेल सेकेन्ड रनर अप, सक्षम गहतराज र दृष्टी तिलिजा पुन थर्ड रनर अप, गौरव थापा र सिमरन भट्ट अर्गनाईजर चोईस घोषित भए। 

एलेक्स तिरुवाको कोरियोग्राफी तथा केमोन मगर र रोनिश पाण्डेको सहायक कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा पुजा पाख्रिन, दिपक घिमिरे, माईकल चन्द, दिप्ति गुरुङ्ग र स्मृति श्रेष्ठ निर्णायक रहेका थिए । सुशिल नेपालको बिशिष्ट आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगिता आनन्द सिंहको निर्देशन र प्रख्यात घिमिरेको व्यवस्थापनमा सम्पन्न भएको थियो।

आयोजक सिंहले मोडलहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा प्रतियोगिता आयोजना गरिएको बताए।

धेरै पढिएको