रोहन लामा गुरुङ र रोशनी खड्काले जिते इराको एम्बेसडरको उपाधि
News Desk
Oct-08 , 2024 तारिख 02:03 बेलुका

काठमाडौं – रोहन लामा गुरुङ र रोशनी खड्काले इराको एम्बेसडरको उपाधि जितेका छन् । धुम्बाराहीको भ्वाइस अफ नेपाल स्टुडियोमा दिप्तीद्धारा प्रस्तुत उक्त इभेन्टमा दिव्यांशु शर्मा र अंशिका चौधरी फस्ट रनरअप भए । त्यसैगरि प्रतियोगिता अन्तर्गत सेकेण्ड रनरअपको विजेतामा अभिरञ्जन यादव र रोशिका पौडेल, थर्ड रनरअपमा सक्षम गहतराज र दृष्टि तिलिजा पुनले आफनो नाम लेखाए । जसमा उत्कृष्ट प्रस्तुतिको लागि गौरव थापा र सिमरन भट्टलाई आयोजक च्वाइस अवार्ड प्रदान गरिएको थियो ।

यसका अतिरिक्त सुप्रिया शिवाकोटी, शान्ति लामा र सुरज मल्ल ठकुरीले विश्वभरका मोडलहरूलाई आमन्त्रित गर्ने अन्तर्राष्ट्रिय उपाधि मोडेल टुरिजम एम्बेसडरको ताज पहिरिए । यी विजेताहरूले देशको गौरव विदेशमा बोकेर आगामी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

मिस्टर टिन इन्टरनेशनलको उपाधि अनिश दुलाललाई प्रदान गरिएको थियो भने मिस टिन इन्टरनेशनलको उपाधि हसिना सेन ठकुरीले जितिन् । आयुष्मा आचार्यले मिस टुरिजम ग्लोब नेपालको प्रतिष्ठित उपाधि जित्दै छिट्टै चीनमा आयोजना हुने विश्वस्तरिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् ।

विजेताहरूलाई ५ लाख बराबरको उपहार, म्युजिक भिडियो र सर्ट फिल्महरूमा अभिनय गर्ने अवसर, थाइल्याण्ड र दुबईको अन्तर्राष्ट्रिय यात्रा लगायत अन्य धेरै सुविधासहित अविश्वसनीय पुरस्कारहरू प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

प्रतियोगितामा निर्णायकको भूमिका पूजा पाख्रिन, दीपक घिमिरे, माईकल चन्द, दिप्ती गुरुङ, स्मृति श्रेष्ठलगायत विशिष्ट व्यक्तित्वको प्यानलले गरेको थियो । केमोन मगर र रोनिश पाण्डेको सहयोगमा एलेक्स तिरुवाको कोरियोग्राफीमाझ उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तराष्टिय मोडल दीपक घिमिरेको प्रमुख भूमिकामा आयोजित कार्यक्रममा सुशील नेपालले विशेष अतिथिको रुपमा उपस्थिति जनाएका थिए ।

 फेसन एराद्वारा आयोजित यस प्रतियोगिताले मोडल र विजेताहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्न सघाउ पुग्ने  घिमिरेले बताए । इराका दूतले  फेसन र मनोरन्जनको संसारमा नेपालको उपस्थितिसँगै विश्व स्तरमा पर्यटन र सांस्कृतिक आदानप्रदानलाई बढावा दिने पनि उनले जनाए ।