इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति
News Desk
Nov-27 , 2024 तारिख 12:22 बेलुका

इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति बनेको छ । तर यसलाई कार्यान्वयनमा ल्याउन अझै केही समय  लाग्ने जनाइएको छ । बिबिसीका अनुसार युद्धविराम प्रस्तावमा इजरायलले स्वीकृति दिएको छ ।

युद्धविराम प्रस्तावमा केके विषय उल्लेख छन भन्ने सार्वजनिक नभएपनि अमेरिकी राष्ट्रपति जो वाइडेनलले केहीबेरमा यसबारे थप स्पष्ट पार्ने विविसीले उल्लेख गरेको छ । यसैबीच, युद्धविरामको प्रस्तावमा सहमति भएपनि इजरायली सेनाले हिज्बुल्लाहमाथिको आक्रमण जारी राखेको समाचार माध्यमहरुले जनाएका छन ।

युद्धविराम प्रस्तावको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले किन लेवनानी हिजबुल्लाहसँग युद्धविराम गर्नुभयो भन्ने बारेमा भने इजरायलमा नै निकै चर्को बहस शुरु भएको छ ।

धेरै पढिएको