दशौं लाख अमेरिकीहरू यस वर्षको हिउँदमा भीषण हिमआँधीको चपेटामा
News Desk
Jan-06 , 2025 तारिख 12:02 बेलुका

दशौं लाख अमेरिकीहरू यस वर्षको हिउँदमा भीषण हिमआँधीको चपेटामा परेका छन् । यस वर्ष एक दशकयताकै सबैभन्दा भारी हिमपात र सबैभन्दा चिसो तापक्रम ल्याउन सक्ने पूर्वानुमान गरिएको छ । भारी हिमपात सहितको हिमआँधीले हजारौं उडानहरू प्रभावित भएका छन् । केही उडान ढिलो भएका छन् भने केही उडान रद्द गरिएका छन् । हिमआँधीका कारण सेन्ट लुइस र मिसोरी विमानस्थल सबैभन्दा बढी प्रभावित भएका छन् ।

भीषण हिमपात र हिमआँधीका कारण केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कन्सास, अर्कान्सास र मिसोरी राज्यहरूमा संकटकालीन अवस्थाको घोषणा गरिएको छ । मध्य अमेरिकामा हिजो दैनिक जीवनमा अवरोध हुने गरी खराब मौसमी अवस्थाको सामना गर्नुपरेको हो । सिराक्जुज, न्युयोर्को लगायका स्थानमा सडकहरु बाक्लो हिउँले ढाकिएका कारण यातायात संचालनमै अवरोध आएको छ ।

धेरै पढिएको