News Desk
काठमाडौँ — आश्विन १२, २०७७।
अमाजोन इन्टरटेनमेन्टले सञ्चालन गरेको ‘ब्युटिसियन नेपाल–२०२०’ को उपाधि सजना खतिवडाले जितेकी छिन् ।
सोमबार राजधानीको म्युजिक सिटि स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सजनाले उपाधिसहित विधागत तर्फको मस्ट कन्फिडेन्टको अवार्ड उचाल्दा फस्ट रनरअप निलम तामाङ्ग चयन भईन। विधागततर्फ निलमले मस्ट स्मार्टको उपाधी हात पार्दा सेकेन्ड रनरअपको उपाधि सोफिया थिङ्गले उचालिन। विधागत तर्फ भने सोफियाले बेस्ट पर्सनालिटिको अवार्ड हात पारिन ।

त्यसैगरी कमल खतिवडाको निर्देशनमा संचालित उक्त कार्यक्रममा ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गर्दै मस्ट पपुलरको उपाधी बिनिता ताजपुरियाले हात पार्न सफल भईन ।
यस्तै दिक्पाल कार्कीले संचालन गरेको उक्त कार्यक्रममा ‘सवटाइटल अवार्ड’ तर्फ बिनिता ताजपुरिया बेस्ट ट्यालेन्ट, आशा माया तामाङ्ग बेस्ट चार्मिङ, मनिला सुनार बेस्ट कम्प्लेक्सन अवार्ड, जमुना मगर बेस्ट फोटोजेनीक अवार्ड, जमुना तामाङ्ग बेस्ट क्याटवाक अवार्ड हातपार्न सफल रहे ।
विश्वभर महामारीको रुपमा फैलिएको कोभिड संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य साबधानीका सम्पूर्ण कुराहरु अबलम्बन गर्दै भौतिक दुरी कायम राखि स्टुडियो रेकर्डको रुपमा सम्पन्न गरिएको ग्राण्ड फिनालेको निर्णायक मण्डलमा ब्युटिसियन नेपालको पहिलो सिजनकी विजेता तथा मेक अप आर्टिस्ट गौरा राई क्षेत्री , मिसेस नेपाल आईडल २०१७ विजेता तथा मेक अप आर्टिस्ट रक्कि श्रेष्ठ, मिसेस नेपाल आईडल-२०१९ विजेता शोभिता राई रहेका थिए ।
प्रतियोगितात्मक कार्यक्रमले महिला ब्युटिसियनको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाकी प्रबन्ध निर्देशक हिमानी सुब्बाले बताईन ।