News Desk
काठमाडौं, ग़्रेस इभेन्टद्धारा आयोजित अष्ट सम्मान २०८१ कार्यक्रम र राइट पाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ –२०२५ २७ फागुन २०८१ (मार्च ११, २०२५), मंगलबार सफलतापूर्वक सम्पन्न भयो । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय प्रदीप पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता ग्रेस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत एवम संस्थापक सुरज थापाले गरेका थिए।
अष्ट सम्मानबाट विभिन्न व्यक्तित्वहउ सम्मानित
अष्ट सम्मान २०८१ ले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरेको छ । अवार्ड पाउनेमा सामाजिक अभियन्ताअनुराधा कोइराला, प्रसिद्ध गायक आनन्द कार्की, विमान विज्ञ भावना पन्त, संचारकर्मी जगदीश खरेल, नेपालकी पहिलो एक खुट्टा नर्तकी रोमा न्यौपाने, वाताबरण संरक्षक राजेश कटवाल, युवा ब्यवसायी रमेश भुजेल, र उदयिमान मोडल सोनिया चाम्लिङ राई रहेका छन ।
कार्यक्रममा चौतारा साँगाचोक गढी नगर पालिकाकी उपमेयर सीता थापा, एस्पायर सर्भिस एचआरका प्रबन्ध निर्देशक दिवस राज भट्टराई, एसियन युथ इन्स्पिरेशन अवार्ड प्राप्त बैंकर साश्वत कार्की र मेमोरी किङ विजय शाही जस्ता व्यक्तित्वहरूको उपस्थित रहेको थियो ।
राइट पाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ – २०२५ः
द राइट पाथ मिस ग्रेस एयर होस्टेस, सिजन १ – २०२५ प्रतियोगिताको उपाधि विजेताहरू लसता महर्जन (विजेता, मिस ट्यालेन्ट र बेस्ट वाक), सुनिषा गुरुङ (प्रथम रनर–अप, बेस्ट चिरायु स्माइल र बेस्ट हेयर), र स्मारिका सुवेदी (दोस्रो रनर–अप, मिस इन्टरटेनर र मोस्ट कन्फिडेन्ट) भएका थिए ।थप पुरस्कार प्राप्त गर्नेहरूमा अन्जुम लिम्बु (ब्रान्ड एम्बेसडर, मिस क्युपिड फोटोजेनिक र उत्कृष्ट कलाकार), मुना खपांगी (आयोजकको छनोट, मिस मल्टिमिडिया र उत्कृष्ट चित्र), उर्मिला तामाङ (मोस्ट पपुलर, फेसन आइकन र मिस स्टाइल दिवा), प्रज्ञा केसी (भ्युअर्स छनोट, मिस फ्रेन्डली एण्ड मोस्ट डिसिप्लिन्ड), पूर्णिमा लामा (मिस शाइनिङ स्टार एण्ड मोस्ट एलिगेन्ट), र एन्जिला रोका मगर (मोस्ट पर्सनालिटी एण्ड मिस ग्ल्यामरस लुक) समावेश थिए।
निर्णायक मण्डलमा फिलिप डीसी (सीईओ÷संस्थापक, राइटपाथ करियर काउन्सिलिङ), भावना पन्त (वरिष्ठ क्याप्टेन), निश्चल पालिखे (कार्यक्रम निर्देशक र सामाजिक कार्यकर्ता), नीलम पौडेल (मेकअप आर्टिस्ट र ट्रान्स एक्टिभिस्ट), र सुकनीता चौलागाईं (फेसन डिजाइनर) लगायत उद्योग विज्ञहरू थिए ।
प्रमुख योगदानकर्ताहरूमा बिन्द्रा प्रजापति (कोषाध्यक्ष तथा आधिकारिक फोटोग्राफर), अर्शु महर्जन (फेसन कोरियोग्राफर), अनिता श्रेष्ठ प्रजापति (सचिव), कबी राज थापा (उप–कोषाध्यक्ष), सबिन खाडा (आईटी प्रमुख), हिसे शेर्पा र अंकित मल्ल (कार्यक्रम संयोजक), सबिना राउत (नृत्य कोरियोग्राफर), र एन्जेला लामा (कार्यक्रम होस्ट) समावेश भएका थिए ।
कार्यक्रममा राइट पाथ करियर काउन्सिलिङ टाइटल स्पोन्सर थियो भने क्युपिड फोटो स्टुडियोले सहयोगी साझेदारको रूपमा कार्य गरेको थियो र एस्पायर एचआर सेवा साझेदार थियो । अन्य उल्लेखनीय साझेदारहरूमा सुइट माला (वार्डरोब पार्टनर), फुरलिमा फाउन्डेसन (एनजीओ पार्टनर), थग लाइफ नेपाल (सोशल मिडिया पार्टनर), एन येओङ चिकेन (फूड पार्टनर), द भ्यालेनटिनटो बुटिक (बुटिक पार्टनर), र राज ब्यूटी एकेडेमी र मेकअप स्टुडियोका साथै इन्स्टाइल युनिसेक्स सैलून (मेकअप पार्टनर) रहेका थिए ।
कार्यक्रमलाई एभिएसन वल्र्ड सर्भिसेज (ब्ध्क्), एभियोट्रेस नेपाल र गीता एभिएसनले एभिएसन पार्टनरको रूपमा पनि सहयोग गरेका थिए । सह–प्रायोजकहरूमा रेबल कन्स्ट्रक्सन, नेपाल म्युजिक ज्ञ्ालरी, डायनामोक नेपाल, द शुट स्टेशन, र बी एण्ड डी प्रोफेशनल कस्मेटिक्स रहेका थिए ।
मिडिया पार्टनर्सले कार्यक्रम कभरेजमा महत्वपूर्ण भूमिका खेलेको थियो, जसमा सेतोपाटी, रातोपाटी, राष्ट्र खबर, राज्य दैनिक, सार्वजनिक सूचना, कोरिबाटी, टिप लिंग, स्काउट टिभी, श्री बिन्दु, ओएस नेपाल, जन्मभूमि पोस्ट, आर्टिष्ट खबर, अनलाइन दर्पण, तथ्य खबर, र रूपान्तरण पोस्टको सहयोग रहेको थियो ।
यसका साथै, नेपाल एयरहोस्टेस एकेडेमी, नाट, एएचटीआई, फ्लाईटीच, ग्लोबल विंग्स, एरोनेक्स एभिएसन, गोल्स एकेडेमी, लिबर्टी वाटर, अर्गानिक लाउन्ज एण्ड क्लब, पोताला दरबार लाउन्ज एण्ड बार, यांगी ट्रिप, राइट रेन्टल, पर्ल क्याफे, पब्लिक कन्स्ट्रक्सन, कौजी क्लक टावर लाउन्ज एण्ड क्लब, पिरु क्राफ्ट, क्लब ओम्निया, सक्सेस नेपाल, द बीच हाउस बार एण्ड डाइनिङ, नेचर इन्टरएक्टिभ, र एभरेस्ट फ्लावर हाउस जस्ता सहयोगी साझेदारहरूले कार्यक्रमको सफलतामा योगदान पुर्याए ।
प्रतिभा र उत्कृष्टताको एक उल्लेखनीय उत्सव ग्रेस इभेन्ट्सले सबै सहभागीहरू, विजेताहरू र कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन योगदान पुर्याउने सबैलाई हार्दिक बधाई ज्ञापन गर्दै संस्थाले सबै साझेदारहरू, प्रायोजकहरू, मिडिया र समर्थकहरूलाई उनीहरूको अमूल्य सहयोगको लागि गहिरो आभार प्रकट गरेको छ । प्रतिभा, समर्पण र सहकार्यको उत्तम मिश्रणको साथ, अष्ट सम्मान २०८१ र राइट पाथ मिस ग्रेस एयर होस्टेस, सिजन १– २०२५ ले नेपालमा सञ्चालन हुने कार्यक्रम हरु मध्य एउटा उत्कृष्टता र लोकप्रियता हासिल गर्न सफल भयो ।