News Desk
काठमाडौं — आश्विन १३, २०७७।
काजी प्रोडक्सनद्वारा संचालित 'अनलाईन डान्सिङ एण्ड सिङ्गिङ स्टार-२०२०' को अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ।
पछिल्लो समय प्रविधिको विकासका कारण मोबाइल एपमै अधिकांश राम्रा गीत र गीतहरुको ट्र्याक पाइन्छ । सोही ट्र्याक मार्फत प्रतियोगीहरुले मोबाइलमा आफ्नो नृत्य र आवाज रेकर्ड गरेर अनलाइनमार्फत घरबाटै गायन तथा नृत्य प्रतियोगितामा प्रतिस्पर्धीहरु सहभागी भएका थिए।

बिभिन्न चार उमेर समूहमा विभाजन गरि गरिएको प्रतिस्पर्धामा ग्लोबल अनलाईन पे मार्फत गरिएको अनलाईन भोटिङर निर्णायक मण्डलको निर्णयअनुसार विजेता छनौट गरिएको थियो।
५-१० वर्ष उमेर समूहमा आरोन श्रेष्ठ विजेता हुँदा शान्भी शाक्य फर्स्ट रनरअप र इलियना पौडेल सेकेन्ड रनरअप भईन।

त्यस्तै ११-१६ वर्ष उमेर समूहमा अन्ना सुनुवार प्रथम भईन भने सिमरन उपाध्याय फर्स्ट रनरअप र संस्कृति बगाले सेकेन्ड रनरअप भईन।
१६ वर्षभन्दा माथिको नृत्य समूहमा चाहना रा्ना मगर प्रथम हुँदा स्वस्तिका बस्नेतले फर्स्ट रनरअप र प्रतिशा लामाले सेकेन्ड रनर अपको उपाधी उचाल्न सफल भए।

त्यसैगरी १६ वर्षभन्दा माथिको गायन समूहमा तृष्णा प्रधान प्रथम हुँदा मानस थिङ्ग तामाङ्ग फर्स्ट रनरअप र प्रनिश सेन्चुरी सेकेन्ड रनरअप हुन सफल भए।

साथै स्वस्तिका बस्नेतले ग्लोबल अनलाईन पे मार्फत अत्याधिक भो्ट प्राप्त गरी पब्लिक चोईस अवार्ड हात पार्न सफल भईन।

नयाँ प्रतीभाको खोजी र प्रतियोगीहरुलाई मनोरञ्जनका साथ केही गर्दैछु भन्ने सोचका साथ स्फूर्ती पनि हुन्छ भन्ने उद्देश्यका साथ बन्दाबन्दीकै समयमा 'अनलाईन डान्सिङ एण्ड सिङ्गिङ स्टार-२०२०' शुरु गरी सफलतापूर्वक सम्पन्न गरिएको आयोजक संस्था काजी प्रोडक्सनका सिईओ सुशान्त काजी श्रेष्ठले जनाए।