अक्षयको ‘लक्ष्मी बम’ डिजिटलसँगै हलमा पनि रिलिज हुने
News Desk
Sep-30 , 2020 तारिख 08:41 बेलुका

काठमाडौँ  — आश्विन १४, २०७७। 

नायक अक्षय कुमारको मुख्य भुमिका रहेको चलचित्र ‘लक्ष्मी बम’ रिलिजको तयारीमा छ । कोरोना अगाडि हलमै रिलिज हुने बताइएको यो चलचित्र अब भने डिजिटल माध्यमबाट रिलिज हुँदैछ । यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुन लागेको ठूलो बलिउड चलचित्र हो ।

तर, अब यो चलचित्र हलमा पनि रिलिज हुने भएको छ । नोभेम्बर ९ तारिखमा चलचित्रलाई डिजिटल माध्यमसँगै हलमा पनि रिलिज गरिने बताइएको छ ।

भारतीय मिडियाका अनुसार, यो चलचित्रलाई भारतमा डिजिटल प्लेटफर्ममा रिलिज गरिनेछ भने अष्ट्रेलिया, न्यूजिल्याण्ड र यूएइमा भने यो चलचित्र हलमा रिलिज हुने भएको छ ।

लामो समयपछि बलिउड चलचित्र हलमा पनि रिलिज हुन लागेको हो । भारतमा भने हल खुल्ने टुंगो नभएकाले पनि धेरै निर्माताले डिजिटल माध्यममै चलचित्र विक्री गरिरहेका छन् । चलचित्रमा अक्षयसँगै नायिका कियरा आडवाणीको मुख्य भूमिका छ ।

(एजेन्सी/अनलाईन खबर)