'बक्स अफिस साईक्लिङ' संगै 'बक्सअफिस फिल्म फेयर अवार्ड-२०७७'को उत्कृष्ट ५ सार्वजानिक गरिदै
News Desk
Oct-02 , 2020 तारिख 09:53 बिहान

काठमाडौं — आश्विन १६, २०७७। 

नेपाली चलचित्र जगतको प्रतिष्ठित एवं पुरानो अवार्ड आयोजनामध्येको एक 'नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड' ले २०७७ संस्करणको उत्कृष्ट ५ को नोमिनेसन वितरण कार्यक्रम यहि आश्विन २४ गते कागेश्वरीस्थित शहिद पार्कमा गर्ने भएको छ। 

साथै नेपाली चलचित्र इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको 'बक्स अफिस साईक्लिङ' कार्यक्रमसंगै नेपाली कलाकार, पत्रकार, खेलकुदकर्मीहरुलाई सक्रिय बनऔन स्थापित बक्स अफिस ईन्टरनेशनलल ग्रुप तथा ग्लोबल एक्टर्स फेडेरेशनले नेपालीहरुको महान पर्व विजयादशमी तथा दिपावली २०७७ को शुभकामना आदान-प्रदान सहित 'नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड-२०७७' संस्करणको उत्कृष्ट ५ को नोमिनेसन वितरण गर्ने कार्यक्रम रहेको आयोजक रामबहादुर सुवेदी (आरके) ले जनाएका छन। 

पहिलो चरणमा भद्रकाली-कमलपोखरी-चावहिल-थली हुँदै  शहिद पार्क, कागेश्वरीमा पुगेर  'बक्स अफिस साईक्लिङ' कार्यक्रम समापन हुनेछ भने दोश्रो चरणमा उत्कृष्ट ५ नोमिनेशन सार्वजनिक गरिने कार्यक्रम रहेको छ। 

धेरै पढिएको