आरसिबीको विजय उत्सवमा बुधबार भागदौड मच्चिँदा कम्तीमा ११ जनाको गयो ज्यान
News Desk
Jun-05 , 2025 तारिख 06:42 बिहान

बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सवमा बुधबार भागदौड मच्चिँदा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन।

घटनास्थलमा लाखौँ मानिसहरूको भीड थियो। स्थानीय अधिकारीहरूका अनुसार र प्रहरीले स्थिति नियन्त्रणमा राख्न निकै प्रयास गरेको थियो। केही मानिसहरू अत्यधिक भिडका कारण बेहोस भएका थिए भने घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ।

कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले सबैलाई धैर्य र संयम अपनाउन अनुरोध गर्नुभएको छ । उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गए। ौपमुख्यमन्त्री शिवकुमारले सबैमा शान्त रहन र सहयोग गर्न अपिल गरेका छन्

धेरै पढिएको