News Desk
काठमाडौं — आश्विन २३, २०७७।
आदिल अन्सारीको निर्देशनमा सामाजिक जनचेतनामूलक र्याप गीत ‘मुस्कान’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटना एकपछि अर्को गर्दै बढिरहेका छन्। प्रायः यस्ता घटनामा महिला मात्रै निशानामा पर्दै आएका छन्। एसिड आक्रमण राज्यकै टाउको दुखाइको विषय बनेको अवस्थामा यस्ता घटनाका विरुद्धमा सबैतिरबाट सशक्त आवाज उठाउनुपर्छ भन्दै र्याप गीतमार्फत समाजलाई सुसुचित गर्न खोजिएको अन्सारीले जनाए ।
स्वयम ढकालको म्युजिक रहेको उक्त र्याप गितको रेकर्डिङ भने प्रशान्त सिवाकोटीले गरेका हुन । ‘मुस्कान’को म्युजिक भिडियोमा भने सरेन श्रेष्ठ, सद्दाम हुसेन,फैज अन्सारी, प्रितमसिंह महत, आफ्रिन खातुन र मनिता लामिछानेलाई देख्न सकिन्छ। उक्त म्युजिक भिडियोलाई आदिल अन्सारी स्वयंले क्यामेरामा कैद गर्ने र एडिटिङ गर्ने कार्य गरेका थिए।
भिडियो —