सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
News Desk
Jun-23 तारिख 07:18 बिहान • आज

सुर्खेत । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई अनुसन्धानका लागि पक्राउ गरी नेपालगञ्ज लगिएको छ।

सम्पत्ति शुद्धीकरण विभागको अनुरोधमा सुर्खेत प्रहरीले सोमबार साँझ वीरेन्द्रनगरस्थित शुभ होटलबाट उहाँलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार पौडेलको सेयर कारोबार तथा सम्पत्तिको स्रोतसम्बन्धी विषयमा अनुसन्धान भइरहेका कारण पक्राउ गरिएको हो।

प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउन उहाँलाई नेपालगञ्ज लगिएको जनाएको छ।

यसैबीच, नेकपा (एमाले) ले देशभरका सातै प्रदेशमा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन अभियान सञ्चालन गरिरहेको छ। पार्टी संगठनलाई थप प्रभावकारी र सुदृढ बनाउने उद्देश्यसहित विभिन्न तहका नेता–कार्यकर्तासँग परामर्श तथा सुझाव संकलनको कार्य जारी रहेको बताइएको छ।

धेरै पढिएको