कोसोभोका राष्ट्रपतिद्वारा राजीनामा
News Desk
Nov-06 , 2020 तारिख 02:10 बेलुका

प्रिस्टिना —  कार्तिक २१, २०७७। 

युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले पदबाट राजीनामा दिएका छन् । युद्धअपराध गरेको आरोपसँगै उनीमाथि राजीनामाको दबाब बढेको थियो ।

थासीविरुद्ध हालै हेगस्थित अदालतमा मुद्दा दायर भएको थियो । मुद्दा दायर गरिएपछि उनी राजीनामा दिन बाध्य भएका जनाइएको छ ।

सन् १९९० मा सर्बियासँगको द्वन्द्वका क्रममा उनले युद्धअपराध गरेको आरोप छ ।आफू अन्तर्राष्ट्रिय अपराध न्यायालयमा उपस्थित हुनुपर्ने भएकाले पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको